कैलालीमा अपरिचित समूहले आमाछोरीमाथि बलात्कारको प्रयास गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिकाको धुर्जन्नामा सोमबार राति आफ्नै घरमा सुतिरहेका आमाछोरीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार राति ११ बजेको समयमा घरमै सुतिरहेका बेला रक्सीले मातेका दुई जनाले ती आमाछोरीलाई बलात्कार गर्न खोजेका हुन् ।
अपरिचित व्यक्तिहरूको समूहले युवतीको मुख थुनेर बलात्कार गर्न खोजेपछि आमाले गुहार गरेकी थिइन् । त्यसपछि बलात्कार प्रयास गर्ने दुई पुरुष त्यहाँबाट भागेकाे प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।
बलात्कार प्रयास गर्नेहरूको खोजी भइरहेको उनले बताए । अहिले आमाछोरीको सेती अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ ।
प्रतिकृया दिनुहोस