काठमाडौं : स्याङ्जामा धारिलो हतियार प्रहार गरि बाबुछोराको विभत्स हत्या गरिएको छ। हरिनास गाउँपालिका-३का ३० वर्षीय चित्रबहादुर खड्का र उनका छोरा ४ वर्षीय रिजनको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
सोमबार राति दुवैको हत्या भएको हो। घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी केशहरि निरौलाले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी दिए। घटनामा संलग्नहरूको प्रहरीले खोजीकार्य तीव्र पारेको उनले बताए।
प्रतिकृया दिनुहोस