• मनोरञ्जन

    क्यानाडाको अलबर्टामा लोकप्रिय बन्दै गायक निश्चल

     


    काठमाडौं ।अलबर्टा क्यानडाका नेपाली समुदाय बीच लोकप्रिय बन्दै गएका गायक तथा कलाकार निश्चल नेपाल नेपलिज क्यानेडियन एसोशिएसन अफ एडमन्टन र गुरुकुल एडमन्टनले आयोजना गर्ने हरेक जसो सास्कृतिक कार्यक्रममा गीत तथा नाटक प्रस्तुत गर्दै आइरहेका छन । मोरङको उर्लाबारीमा घर भएका निश्चलको जन्म भने मोरङकै इटहरामा भएको थियो । उनले नेपालको धरानबाट बि.एस.सी र एम.बि.एस. सम्मको अध्ययन सकाएका हुन् ।

    स्कूल तथा कलेज अध्ययनका क्रममा त्यस आसपास हुने सांस्कृतिक कार्यक्रमहरुमा सहभागी हुन्थे र उत्तम प्रस्तुती दिएर पुरस्कार प्राप्त गर्थे ।

    नेपालमा पनि उनले दर्जन बढी नाटकहरुमा मुख्य भूमिकामा खेली सकेका छन् । अहिले क्यानडामा स्थापित कालाकार बन्न पुगेका छन् निश्चल । विदेशी भूमिमा रहेर पनि नेपाली कला, संस्कृति प्रचार प्रसार गर्नमा अति व्यस्त दखिन्छन् ।

    नेपाली भाषा, कला, संस्कृतिको विकास तथा प्रवर्धनको उद्देश्यले विदेशी भूमिमा नाटक मञ्चन गरेको उनी बताउछन् । उनी अल्बर्टा क्यानडामा रहेका नेपाली समुदायमा चिनिएका उदयमान गायक पनि हुन ।

    विदेशी भूमिमा रहेर पनि नेपाली कला, संस्कृति र परम्परालाई उनले भूलेका छैनन् । आफ्नो गायन र अभिनय क्षमताकै कारण उनी क्यानडामा सेलीब्रेटीका रुपमा परिचित छन् ।

    विदेशी भूमिमा रहेका चुनौतीलाई आत्मसात गर्दै उनी भन्छन् ” नेपाली कला, संगित मेरो रगतमा छ ।” यो क्षेत्रलाई व्यवसायीक रुपमा अगाडि नबढाए पनि आफ्नो फुर्सदको समयमा यो क्षेत्रमा योगदान निरन्तर दिने उनी बताउछन् ।

    क्यानडामै नेपाली चलचित्रमा मुख्य भूमिकामा खेल्न रुचाउने कलाकार नेपालले क्यानडाका विभिन्न शहरहरुमा म्यूजिक भिडियो बनाउने तथा खेल्ने उद्देश्यले अगाडि बढिरहेका छन् । यहाँ हुर्किरहेका बच्चहरुलाई नेपाली कला र संगितको माध्यमाबट नेपाली भाषा, संस्कृति सिकाउन मद्दत पुग्ने कुरामा उनी विश्वस्त छन् ।

    आफ्नो दाजुभाई र दिदीहरुले पनि कलाकारितामा रुची राखेको अनी सानै देखि आफुले पनि नेपाली कला, संगितमा रुची राखेको र यस क्षेत्र प्रति मनकै नाता जोडिएको हुनाले कलाकारिता क्षेत्रमा विशेष रुची बढेको उनी बताउँछन् ।

    आउने दिनहरुमा अमेरिकाको बिभिन्न शहरहरुमा आफ्नो सांगितिक प्रस्तुती दिने योजना राखेका छन् उनले । कलाकार नेपालले क्यानडाको एडमन्टनबाट पावर इञ्जिनियरिङ सकाएका छन् । स्वर सम्राट नारायण गोपाललाई आफ्नो आइडल मान्ने कलाकार नेपाल सेन्टिमेन्टल आधुनिक र पप गित गाउन मन पराउछन् ।

    “परिवारको साथ र समझदारीले नै मैले बिभिन्न विधाहरुमा सफलता हासिल गरेको छु” उनी बताउछन् ।

    प्रतिकृया दिनुहोस