• समाचार

    गौहत्या गर्नेलाई आजीवन कारावासको माग, झापामा बिरोध सभा

     


    भद्रपुर, (झापा) : गौहत्यारालाई आजीवन कारावासको माग गर्दै झापाको बिर्तामोडमा वृहत् विरोधसभा सम्पन्न गरिएको छ। 

    बाँकेको कञ्जी हाउसबाट छाडा पशु चौपाया दैलेख लैजाने क्रममा सुर्खेतको जंगलमा भिरबाट खसालेर २४ वटा गाई मारेको विरोधमा वैदिक सनातन धर्म संरक्षण समिति नेपाल गोवंश संरक्षण मञ्च झापाले वृहत् विरोध सभा सम्पन्न गरेको हो।  

    समितिद्वारा बिर्तामोडमा आयोजित वृहत् सभामा गौ हत्याको विरोध गर्दै गाई मार्ने षड्यन्त्रकारीलाई आजीवन कारावासको माग गरेको छ। नेपालको संविधानले राष्ट्रिय जनवार गाइलाई मानेको भन्दै गाइलाई मार्न कसैलाई पनि छुट नभएको भन्दै गौ हत्यामा संलग्नलाई कानुनी कारबाही गर्न सरकारसँग माग गर्दै विरोध सभा गरिएको हो।

    विरोध सभामा सतासीधाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले गौ हत्या जघन्य अपराध भएको भन्दै अनादिकादेखि गोरक्षात्मक राष्ट्र नेपाल भएको र गौहत्यामा संलग्नलाई आजीवन कारवास हुनुपर्ने माग राखेका थिए।

    विरोध सभामा वैदिक सनातन धर्म संरक्षण समिति नेपाल गोवंश संरक्षण मञ्च झापाका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडा, सामाजिक अभियान्ता तिलक गिरी, छन्दूराम भण्डारी, मीना अधिकारी, भानु सिवाकोटी, महेन्द्र प्रसाईँ, प्रेमप्रकाश फलाहरी,इन्द्रप्रसाद ओली, विष्णुप्रसाद खतिवडा लगायतले बोलेका थिए।

    प्रतिकृया दिनुहोस