काठमाडाै : नेपाल भलिबल संघले १३ औं सागका लागि पहिलो चरणमा १८ खेलाडी छनोट गरेको छ।
साउन १ गते देखि प्रशिक्षण शिविरमा २५ खेलाडीलाई राखेर प्रशिक्षण प्रदान गरिएकोमा भाद्र १२ र १३ गते भएको छनोटबाट १८ खेलाडीहरु पहिलो चरणको लागि छनोट गरिएको भलिबल संघले जनाएको छ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई आधार मानेर १३ औं दक्षिण एशियाली खेलकुदका लागि २५ खेलाडी छनौट गरिएको थियो। प्रारम्भिक चरणमा केहि नियमित खेलाडीहरु टिममा पर्न असफल भएका थिए।
नेपाली महिला भलिबल टोलीलाई मुख्य प्रशिक्ष सलिना श्रेष्ठ, सहायक प्रशिक्षक जगदिश भट्ट, सहायक प्रशिक्षक भरत यादव र सहायक प्रशिक्षक उमादेवी गुरुङ्गले प्रशिक्षण प्रदान गर्दै आईरहेको संघका सदस्य टेक कुमार राजभण्डारीले जानकारी गराए।
प्रतिकृया दिनुहोस