• समाचार

    रबि लामिछानेलाई भेट्दा आईजिपीलाई तनाव

     


    काठमाडौं : हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई मन्त्रालयको पूर्व स्वीकृति बिना भेट गरेको विषयमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनाललाई गृहले स्पष्टिकरण लिएपछि उनी तनावमा परेका छन् ।

    गत हप्ता प्रधानमन्त्री कार्यालयको चासोपछि गृहले आईजिपी खनाललाई मन्त्रालयमै बोलाएर स्पष्टिकरण सोधेको थियो । यो कुरालाई आधिकारीक हिसाबले सार्वजनिक नगरिए पनि सूचना भने बाहिर आएको छ ।

    गृह स्रोतका अनुसार सुरक्षा संवेदनशिलता र सुरक्षाकर्मीको मनबोल गिर्न नदिन गृहले आन्तरिक र गुपचुप ढंगले स्पष्टिकरण लिएको थियो । सिंगापुर उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत टेली कन्फरेन्स बैठकमा चासो देखाएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्पष्टिकरण सोध्ने टुंगोमा पुगेका थिए ।

    सुरुमा लिखित स्पष्टिकरण लिने तयारी भएपनि अन्तिममा आएर गृहमन्त्री थापा र गृहसचिव प्रेमकुमार राईबीच छलफल भई आईजिपी खनाललाई मन्त्रालय बोलाएर मौखिक स्पष्टिकरण सोधिएको थियो ।

    प्रतिकृया दिनुहोस