• देश

    नेपालमा महिला अधिकार बिश्व मै गर्व गर्न लायक: प्रधानमन्त्री

     


    १६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा महिला अधिकारको प्रयोग विश्वमै गौरव गर्न लायक भएको बताएका छन् ।

    तीजको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा महिलाको नागरिक तथा राजनीतिक अधिकारहरुको प्रयोगको अवस्था विश्वमै गौरव गर्नलायक रहेको बताएका हुन् ।

    तीज पर्वले महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने प्रधानमन्त्रीले उल्लेख गरेका छन् । ‘नेपालको सकारात्मक सांस्कृतिक परम्परामा महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रुपमा तीजको विशेष महत्व छ,’ प्रधानमन्त्रीबाट जारी शुभकामना सन्देशमा लेखिएको छ ।

    महिलाको प्रतिनिधित्व संसदा ३३ प्रतिशत र स्थानीय तहमा करिब ४१ प्रतिशत पुगेको तथ्य राख्दै प्रधानमन्त्रीले यसमा प्रत्येक नेपालीलाई गौरवको अनुभूति हुने बताएका छन् । नीति निर्माणको तहमा महिलाहरुको यस प्रकारको उपस्थितिले आउँदा दिनहरुमा महिला र पुरुषबीच सारभूत समानताका व्यवस्था अझ सुदृढ हुने प्रधानमन्त्रीको विश्वास छ ।

    प्रतिकृया दिनुहोस