काठमाडौं । पारिवारिक तथा व्यक्तिगत भ्रमणका क्रममा थाइल्याण्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह त्यहीबाट भारत जाने भएका छन् । आगमी मंगलबार पूर्वराजा ज्ञानेन्द्र शाह भारतको राजधानी नयाँ दिल्ली जान लागेका हुन ।
भारत भ्रमणका क्रममा पुर्वराजा शाहले त्यहाँका विभिन्न विशिष्ट व्यक्तित्वसित भेटघाट गर्ने उनी निकट स्रोतले जनायो म तर कुन कुन व्यक्तिशीत पुर्वराजाको भेटघाट हुदैछ भन्ने बारे खुलाईएको छैन । भारतमा रहँदा भारतीय सत्तारुढ दलका नेताहरुसँग भेटघाट गर्ने या नगर्ने बिषय अहिले नै खुलिसकेको छैन । तर विभिन्न हिन्दू संगठनका नेताहहरुसँग भने उनले भेटघाट गर्नेछन् दरबार निकट स्रोतले भन्यो ।
विश्व हिन्दू महासंघले दिल्लीमा एउटा कार्यक्रम राखेको छ । त्यही कार्यक्रममा भाग लिन पूर्वराजा भारत जान लागेको बताईएको छ । सो कार्यक्रममा विश्व हिन्दू महासंघले नेपालमा हिन्दू धर्ममाथी भएको आक्रमणका बिषयमा छलफल गर्ने भएको छ ।
यद्यपि दिल्लीमा हुने विश्व हिन्दू महासंघको बैठकमा पनि उनले आफ्नो धारणा राख्ने भएका छन् । पुर्वराजा शाहको यसपटक हुने उक्त कार्यक्रमलाई निकै महत्वका साथ हेरिएको छ । पछिल्लो समय भारत समेत नेपालमा पुनः हिन्दु राष्ट्र हुनुपर्ने र त्यसका लागि राजसस्था पुनर्स्थापनाको पक्षमा उभिन थालेको छ ।
प्रतिकृया दिनुहोस