• समाचार

    घरमा बम पड्काउने धम्की दिदै रकम असुल्ने ३ जना पक्राउ

     


    काठमाडौं– विभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई धम्की दिँदै रकम असुल्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले झापा घर भइ राजधानीमा बस्दै आएका शुभम घिमिरे, सुवास कोइराला र विश्वराज शर्मालाई पक्राउ गरेको हो । सुवास कोइरालाको साथबाट जनध्वनि साप्ताहिक समाचारपत्रको सम्पादकको परिचय पत्र समेत फेला परेको प्रहरीको भनाई छ । 

    प्रहरीका अनुसार उनीहरुले विभिन्न सरकारी कार्यालय प्रमुखहरुलाई आफूहरुविप्लप समूहको  काठमाडौं जिल्ला ईन्चार्ज भएको भन्दै चन्दा माग गरेका थिए । चन्दा नदिए घरमा बम पड्काउने र जिउज्यान लिने सम्मको धम्की दिएको प्रहरीले जनाएको छ । 

    प्रहरीले उनीहरुलाई शुक्रबार र आइतबार उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागी  महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको जनाइएको छ । 

    प्रतिकृया दिनुहोस