कतार एयरवेजको जहाजमा चरा ठोक्किएपछि विमान ग्राउण्डेड भएको छ ।
कतारबाट आएको सो जहाज त्रिभुवन विमास्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको हो । घटनापछि कतार एयरवेजको क्युआर ६४५ जहाजलाई ग्राउण्डेड गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
‘कतारबाट त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा इञ्जिनमा बर्ड स्ट्राइक भएपछि विमान ग्राउण्डेड भएको छ,’ बिमानस्थलका एक अधिकारीले भने । चरा ठोक्किएको विमानमा कति क्षति भयो भन्ने विषयमा भने अध्ययन भइरहेको छ ।
प्रतिकृया दिनुहोस