• समाचार

    एटीएमबाट पैसा चोर्ने रंगेहात पक्राउ

     


    १५ भदौ, काठमाडौं । एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सबै चिनियाँ नागरिक हुन् ।
    पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन ।

    उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

    पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

    प्रतिकृया दिनुहोस