१४ भदौ, काठमाडौं । साफ यू-१५ च्याम्पियनसिपकाे उपाधि भारतले जितेको छ । फाइनल खेलमा नेपालविरुद्ध शानदाल जित निकाल्दै भारतले उपाधि उचालेको हो ।
शनिबार भएको फाइनल खेलमा भारतले नेपाललाई ७-० गोलअन्तरले हरायो । पहिलो हाफमा ३ गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप चार गोल खान पुग्यो । भारतले उत्कृष्ट प्रर्दशन गर्दा नेपालको खेल रक्षात्मक देखिएको थियो ।
लज्जास्पद हारसँगै नेपालले उपविजेतामा चित्त बुझाएको छ । राउन्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा पनि नेपाल भारतसँग ५-०ले पराजित भएको थियो ।
त्यसपछिका खेलमा भने नेपालले श्रीलंका, भुटान र बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गर्दै जित निकालेको थियो । फाइनल खेलमा भने नेपालमाथि पुनः भारत हावी भयो ।
प्रतिकृया दिनुहोस