• विदेश

    अमेरिकामा गोली चल्दा कम्तीमा ५ को मृत्यु १६ घाइते

     


    अमेरिकाको टेक्सस राज्यका दुई शहरमा एकजना बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ । घटनामा कम्तीमा १६ जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

    टेक्ससको ओडिसा शहरमा कारमा रहेका एक ब्यक्तिलाई प्रहरीले रोकेपछि उनले ट्राफिक प्रहरीलाई लक्षित गरी गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले टेक्ससकै अर्को शहर मिडल्याण्डमा पुगेर पनि जथाभावी गोली चलाएको खबरमा उल्लेख छ । 

    एक ३५ वर्षीय युवकले गोली चलाएको र गोली चलाउने युवकमाथि गोली प्रहार गरी मारिएको प्रहरीको दाबी छ । घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ । 

    चार हप्ता अघि पनि अमेरिकामा भएको गोलिकाण्डमा २२ जनाको ज्यान गएको थियो भने २४ जना घाइते भएका थिए ।

    प्रतिकृया दिनुहोस