• समाचार

    जानकी मन्दिर भित्र स्थानिय ब्यापारी र प्रहरी बिच बिबाद

     


    काठमाडौं-जनकपुरको जानकी मन्दिरभित्र बिहीबार साँझ स्थानीय व्यापारी र प्रहरीबीच भएको विवादलाई लिएर धनुषा प्रहरीले अनुसन्धान थालेको जनाएको छ। विवाद भइरहेको भिडियो स्थानीयले सामाजिक सन्जालमा पोष्ट गर्दै प्रहरीले स्थानीयसँग पैसा माग्दा घटना हुन गएको बताएपछि धनुषा प्रहरीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

    ‘सामाजिक संजालमा भनिए झै कुनै  प्रहरीले  कोही कसै सँग पैसा माग गरेको भनिएको कुरा गलत, भ्रामक र कपोलकल्पित भएको व्यहोरा सम्पूर्ण जनमानसमा अबगत गराउँदछौँ’, धनुषा प्रहरीले शुक्रबार विज्ञप्ती जारी गर्दै भनेको छ।

    यद्यपी नगर प्रहरीबाट जानकी मन्दिरभित्र रहेका ठेलाबाला व्यापारी तथा स्थानिय बासीन्दामाथी दुर्व्यवहार भएको स्विकार गर्दै विभागीय कारबाहीसमेत सुरु भएको धनुषा प्रहरीले जनाएको छ।

    जानकी मन्दिरभित्र रहेका सम्पुर्ण पसल टहरालाई स्थायी रुपमा हटाउने दुई महिनाअघिको निर्णयलाई कार्यन्वयन गर्नेक्रममा प्रहरी र ठेलावालबीच विवाद भएको तर त्यसलाई भिडियो बनाएर गलत व्याख्या गरिएको दावी प्रहरीको छ।

    घटना सम्बन्धमा सत्य तथ्य बुझी छानबिन गर्न  प्रहरी नायव उपरीक्षक-डीएसपी सन्तुलाल प्रसाद जैसवारको संयोजकत्वमा पाँच सदस्यीय छानविन टोली समेत गठन गरिएको जनाइएको छ।

    प्रतिकृया दिनुहोस