• विदेश

    हङकङमा बिध्वंश गर्ने केही व्यक्तिहरु पक्राउ

     


    हङकङमा समस्या सिर्जना गर्ने व्यक्ति छन हाउ थ्यानलाई अगष्ट २९ तारिख जापान प्रस्थान गर्नुपूर्व हङकङ प्रहरीले पक्राउ गरेको छ। अगष्टको ३० तारिख हङकङमा समस्या सिर्जना गर्ने समूहका मुख्य व्यक्ति ह्वाङ च फङ र सदस्य चौ थिङ पनि पक्राउ परेको समाचारमा उल्लेख छ।

    हङकङमा समस्या सिर्जना गर्ने व्यक्तिहरूले हङकङ प्रहरीका विरूद्ध संगठितरूपमा हिंसात्मक कार्य गर्दै आएका थिए। ती व्यक्तिहरूले युवालाई भड्काएर हङकङ विशेष प्रशासनिक सरकारका ध्वस्त बनाउने योजना बनाएका थिए। ती व्यक्तिहरूले अमेरिका लगायतका चीन बिरोधि अन्य विदेशी शक्तिसँग दिर्घकालिन सम्पर्क गरी केही विदेशी मुलुकका नेतालाई हङकङ समस्यामा समावेश गराएका थिए। यस बाहेक ती व्यक्तिले हङकङलाई चीनको केन्द्रीय सरकार तथा राष्ट्रिय अधिकारको विरोध केन्द्र बनाउने योजना सिर्जना गरेको थिए।

    हङकङ समस्या सिर्जना गर्ने व्यक्तिहरूको गतिविधि चीनको संविधान र हङकङ विशेष प्रशासनिक क्षेत्रको कानुनका विरुद्ध भएकाले कानुन अनुसार सजाय भोग्नुपर्नेछ।

    प्रतिकृया दिनुहोस