जनकपुर- जनकपुरमा नरिवल बेच्ने युवकलाई प्रहरीले कुटपिट गरेको भिडियो खिचेका युवा सुशील कर्णलाई कुटपिट तथा दुर्व्यवहार गरेका २ प्रहरीलाई निलम्बन गरिने भएको छ।
जनकपुरको जानकी प्रहरी चौकीका प्रहरीले अभियन्ता कर्णलाई चौकीमा बोलाएर भिडियो किन खिचेको भन्दै कुटपिट गरेका २ प्रहरीलाई कारबाही गरिने धनुषाका प्रहरी नायव उरीक्षक रामेश्वर कार्कीले बताए।
अभियन्ता सुशील कर्ण र नरिवल बेच्ने युवकमाथि भएको दुर्व्यवहार तथा कुटपिट गर्ने पर्यटक प्रहरी इन्चार्ज वीरेन्द्र यादव र प्रहरी जवान प्रेमशंकर यादवलाई कारबाही प्रक्रिया अघि बढाउने प्रहरी नायब उरीक्षक कार्कीले बताए।
ईन्चार्ज यादव र प्रहरी जवान यादवलाई निलम्बनका लागि सिफारिस गर्ने र थप कारबाहीका लागि प्रक्रिया अगाडी बढाइने प्रहरी नायब उपरीक्षक कार्कीले प्रतिबद्धता जनाएपछि युवाहरुले गरेको विरोध प्रदर्शन साम्य भएको छ।
प्रतिकृया दिनुहोस