मकवानपुर – बुधबार साँझ परेको चट्याङ लागेर मकवानपुर गढीमा एक महिलाको ज्यान गएको छ ।
चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका–२ गढी की ३० वर्षीया सुन्तली विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विक घरमै बसिरहेको बेलामा चटयाङ लागेको थियो । चट्याङ लागेर घाइते भएपछि उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचारको क्रममा विकको ज्यान गएको हो ।
प्रतिकृया दिनुहोस