प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको रकम ब्यपक दुरुपयोग भएको छ।प्रधानमन्त्री के . पी . वली निर्वाचित क्षेत्र कै गौरादह नगरपालिका वार्ड नम्बर ६ स्थित अादर्श कोहवरा मुल कृषक समूहमा ` धान ब्लक´ बिकाश कार्यक्रम संचालन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले उपलब्ध गराएको २५ लाख र स्थानिय कृषकबाट संकलित ९ लाख २१ हजार ४ सय पचास रुपैयाँ दुरुपयोग भएको स्थानिय कृषकहरुले आरोप लगाएका छन् ।
बजारमा खुद्रा मुल्य रु१६५०प्रतिगोटामा पाईने स्प्रे ट्यांकी रु२००० प्रतिगोटाको दरले ७२ वटा बिक्री गरेको पाईएको छ ।जैविक मलमा २ लाख रुपैया छुट्याएता पनि अहिले सम्म मल कसैले नपाएको कृषकहरु बताउँछन् ।पानी तान्ने मोटरको लागि बोरिङ गाड्न पनि अनियमितता भएको स्थानिय कृषक बताउँछन् ।बोरिङ गाड्ने ज्याला ७ हजार प्रति बोरिङ रहेता पनि १० हजारको दरले खर्चमा उल्लेख गरिएको छ।३ लाख २० हजार भ्रमण खर्च भनेर देखाईएता पनि भ्रमणको कुनै उपलब्धि नरहेको स्थानिय कृषक बताउदछन् ।गर्दै नगरिएको तालिम र गोष्ठी भनेर २ लाख रुपैयाँ छुट्याइएको छ । आम्दानी र खर्च बिच पनि समानता नदेखिएको हुनाले अनियमितता भएको पुष्टि हुन्छ ।अाम्दानी ३४ लाख २१ हजार ४ सय पचास रुपैयाँ देखाईएको छ भने खर्च ३६ लाख ३५ हजार ३ सय असी देखाईएको छ ।
यता स्थानिय कृषक यस बिषयमा चुप लागेर नबस्ने बताउछन् ।` हाम्रो गाँस काटेर लगानी गरिएको पैसा दुरुपयोग भएको छ । हामी चुप लागेर बस्दिनम् ,हामी अख्तियार सम्म जान्छौं ।´कृषक मनोज सिटौलाले जानकारी गराए।
यसै सन्दर्भमा उक्त कृषक समुहको अध्यक्ष कामेश्वर राजवंशीसंग सम्पर्क गर्दा उनले प्राबिधिक त्रुटी भएको तर अारोप लागे अनुसारको अनियमितता भने नभएको अोमकार प्रतिनिधिलाई बताएका छन् ।यसै बिषयमा ६ नम्बर वार्डका वार्ड अध्यक्ष खड्ग पराजुलीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
प्रतिकृया दिनुहोस