• देश

    रवि लामिछानेकाे समर्थनमा पक्राउ परेका ४८ जना छाडिए

      ओमकार



    चितवन । संचारकर्मी रवि लामिछाने र युवराज कँडेलको रिहाईको माग गर्दै प्रदर्शनमा पक्राउ परेका ४८ जनालाई आज रिहा गरिएको छ ।

     

     

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न शुरु गरिएको हो । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा संचारकर्मी लामिछाने र कँडेललाई गत साउन ३० गते न्युज २४ को कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएपछि त्यसको विरोधमा विगत १२ दिनदेखि चितवनमा प्रदर्शन हुँदै आएको थियो ।

     

    प्रदर्शनको क्रममा प्रहरीसँग झडप पनि हुन पुगेको थियो । झडपमा घाइते भएकाहरुलाई रिहा भएपछि संचारकर्मी लामिछाने र कँडेलले अस्पतालमै गएर घाइतेहरुलाई भेट गर्नुभएको छ । हिजो रिहा भएकाहरुको आगामी असोज ५ गते तारेख तोकिएको छ ।

    प्रतिकृया दिनुहोस