• देश

    बिराटनगरमा महिलाहरुलाई स्वरोजगार बनाउन ६५ दिने ब्युटिसियन तालिम सम्पन्न

      ओमकार



    बिरेन्द्रकुमार शाह , बिराटनगर | महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउन ६५ दिने सहायक ब्युटिसियन तालिम आज बिराटनगरमा सम्पन्न भएको छ।

    ग्रामिण उद्यम तथा विप्रेषण आयोजना समृद्धिको आर्थिक सहयोग तथा जिभ करियर ईन्ष्टिच्युट प्राली जेसिआई नेपालकोको आयोजनामा सहायक व्यूष्टिसियन तालिम सम्पन्न हो।

    ६५ दिनदेखी बिराटनगरमा संचालित उक्त तालिमलाई आज ओपचारिक रुपमा एक कार्यक्रम गरि समापन गरिएको हो।
    १६ गतेबाट सञ्चालित सहायक व्यूटिसियन तालिमको सोमबार औपचारिक रुपमा समापन भएको छ । विशेष गरी वेरोजगार महिलाहरुलाई सिप विकास सम्बन्धी ६५ दिने व्यूटिसियन सम्बन्धी तालिम प्रदान गरिएको थियो । उनीहरुलाई व्यूटि पार्लर सम्बन्धी जानकारी तथा व्यूटिसियनका वेसिक तालिमका बारेमा जानकारी गराइएको थियो ।

    तामिलमा प्रदेश नम्बर एक को विभिन्न जिल्लामा घर भई हाल बिराटनगर बस्दै आएको ४० जना महिलाहरुको सहभागीता रहेको थियो।

     

    आज भएको ओपचारिक कार्यक्रमलाई प्रमुख अतिथी विराटनगर महानगरपालीका वडा नम्बर ९ का वडा अध्यक्ष विश्वनाथ भगत, जिभ क्यारियर ईन्ष्टच्युटका शिशिर लामाले तालिमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । ६५ दिने तालिमको मुख्य प्रशिक्षण सायदा तवस्सुमले गरेका हुन साथै उक्त तालिमको समापन समारोहमा नै क्यानसर पिडित मन्दिरा गुरुङलाई सायदा तवस्सुमले नगद पाँच हजार सहयोग समेत गरेका थिए।

    प्रतिकृया दिनुहोस