• देश

    आज मेघ गर्जन र चट्यांगसहित वर्षा हुने सम्भावना, पूर्वी तराईमा हावाहुरी

      ओमकार



    काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरका केही स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित वर्षा हुने पूर्वानुमान गरेको छ । देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षा र पूर्वी तराईका जिल्लामा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     

     

    देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा र चट्याङ पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

     

    शनिबार बिहान जारी गरेको  बुलेटिनमा लेखिएकाे छ-  मध्य तथा पूर्वका धेरै स्थानहरुका साथै पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन /चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। मध्य तथा पूर्वी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ जसले गर्दा चुरेबाट बहने खोलाहरुको बहावमा आकस्मिक बृद्दि हुन सक्ने साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रामा सतर्कता अपनाउन अनुरोध गरिन्छ।

     

    भाद्र ७ गते (शनिबार)

     

    दिउँसो : देशभरी सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुनेछ । देशको मध्य तथा पूर्वी भुभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ | देशका पूर्वी तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

     

    राती :  देशभरी सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ|देशको मध्य र पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    प्रतिकृया दिनुहोस