• राजनीति

    ८ सेकेन्डमै सकियो सांसद रावलको भाषण!

      ओमकार



    काठमाडौं   नेपालका नेता माइक पाएपछि लामो बोल्छन्, चाहिनेभन्दा पनि नचाहिने कुरा बोलेर सुन्नेलाई सास्ति दिन्छन् भन्ने कुरा सामान्य भइसकेको छ।

    कुनै कार्यक्रममा गयो मञ्चमा भाषण गर्न आएको नेताले ५ मिनेट त उपस्थितहरूको नाम लिनमै बिताउने गर्छन्। त्यसपछि विषयसँग भन्दा पनि नानाभाँती गफ लगाएर आफ्नो र अरुको समयको बर्बाद गर्छन्।

     

    यस्तै हुन्छ, संसद बैठकमा पनि। संघीय संसदको प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महराले पटकपटक आफूले पाएको समयभन्दा बढी बोल्ने सांसदहरूलाई समय सकिएको जनाऊँ दिएको देखिन्छ। तर, बिहीबारको प्रतिनिधिसभा बैठकमा भने सांसदले आफूले पाएको समयभन्दा अतिकम बोलेकोमा संसद बैठक अचम्म परेको थियो।

     

    सभामुख महरा पनि सांसले आफूले पाएको समयको थोरै अंश मात्रै बोलेपछि छक्क परेका थिए। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद झपटबहादुर रावलले शून्य समयमा १ मिनेट बोल्ने समय पाएका थिए। तर, उनी ८ सेकेन्ड मात्रै बोले। उनले आफूले पाएको समयको ८ सेकेन्डमा आफूले भन्न खोजेको कुरा राखे र आफ्नो आसनमा बसे।

     

    सांसद रावलले ८ सकेन्डमा भनेका थिए, ‘सम्माननीय सभामुख महोदय, मन्त्रिपरिषदमा गएको डुँडेझारी औद्योगीक क्षेत्रको फाइल १० महिनादेखि हराइरहेको हुनाले खोजी गरिपाऊँ, धन्यवाद!’

    प्रतिकृया दिनुहोस