• देश

    चिहानमा आरधना गरेर राजतन्त्र फर्किदैन् : प्रवक्ता बाँस्कोटा

      ओमकार



    काठमाडौँ ।  देशमा राजा आउँछन् भन्ने चर्चाको खण्डन गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चिहानमा आरधना गरेर राजतन्त्र नफर्कने बताए । राजा आउँछन् भन्ने हाउगुजीमा नलाग्न भन्दै राजा आउने कुरा  इतिहास भइसकेको बताए ।

     

    राजा आउने विषयलाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत भएका बाँस्कोटाले कहाँबाट, को राजा, कहाँको राजा, लावण्य देशको ? नेपालमा त राजा छैन त। राजतन्त्रै छैन। सकियो। एकादेशको कथा इतिहासको एउटा कुरा भए। पछि इतिहास पढ्दा अहिलेको पुस्ताले पनि र भोलिको पुस्ताले पनि इतिहास पढ्नेछ। नेपालको राजनीतिक विकास प्रक्रियाको इतिहास पढ्दा त्यो पढ्नेछ। त्यो एउटा थियो, भनेर कथा पढ्ने बताए ।

     

    उनले अधिकारको प्रश्नमा सबै चम्किरहेका भए पनि त्यसको रक्षा गर्नुपर्ने बताए।  बाजा बजाएर २०१७ साल दोहोरिएको नभई षड्यन्त्रका प्लटिङ र जसले लडेर लोकतन्त्र स्थापना गरेका थिए, तिनको बीचमा चलखेल गरेर सम्भव भएको बताए। मरेको राजतन्त्रले फणा उठाउन सक्दैन  उनले स्पष्ट पारे, राजाका नाममा राजनीति गर्नेहरु डाइनोसर हुन्छन्। स्पष्ट छ। हुने नै त्यही हो । बाटै त्यही हो। जतिसुकै कराऊन्।

     

    उनले १७ साल र अहिलेको युग नै परिवर्तन भएको बताए। चेतना र समाजै परिवर्तन भइसकेको उनको भनाइ थियो। लोकतन्त्र जोगाउनु सरकारको मात्रै ठेक्का नभएर सबैको भएको उनको भनाइ थियो।

    प्रतिकृया दिनुहोस