• पत्र-पत्रिका

    मेलम्चीको खानेपानी आयोजना : सीएमसीले डेढ अर्ब तिरेन, मजदुर र सप्लायर्स बिचल्लीमा

      ओमकार



    काठमाडौं । मेलम्चीको खानेपानी आयोजनामा सुरुङसहित अन्य निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएससीले १ अर्ब ६८ करोड रुपैयाँ नतिरी ठेक्का तोडेर फर्किँदा स्थानीय सप्लायर्स, मजदुरलगायतको बिचल्ली भएको छ ।

     

    आयोजना निर्माणका क्रममा सामग्री उधारो दिएका सप्लायर्स र काम गर्ने मजदुरले पैसा नपाएका कारण चर्को ब्याजमा लिएको ऋण तिर्न नसक्ने अस्थामा पुगेपछि उनीहरु बिचल्लीमा परेका हुन् ।

    सीएमसीले ठेक्का तोडेर नै महिनाअघि नै हिँडेको थियो । सीएमसी आफ्नै देश फर्केयता मेलम्चीको काम ठप्प छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस