काठमाडौं : प्रहरीले करिब ५ करोड मूल्य बराबरको प्रतिबन्धित लागू औषध कोकिनसहित आइभोरीकोस्टका एकजना नागरिकलाई पक्राउ गरेको छ।
कतार एयरवेजको जहाजमा दोहाबाट काठमाडौं आएका आइभोरीकोष्टका नागरिक राहदनी नम्बर १८ एटी ९५५१४ बाहक ३५ वर्षीय मार्सेल गुहीलाई प्रहरीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फ भन्सार कार्यालय अगाडिबाट पक्राउ गरेको हो । करिब ५ करोड रुपैयाँको १ किलो ६ सय ग्राम कोकिनसहित उनलाई प्रहरीले बुधबार अपरान्ह लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
विमानस्थलको एक्सरे मेसिनबाट अघि बढिसकेको अवस्थामा उनी पक्राउ परेका हुन्। लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख डीआईजी दिनेश अमात्यका अनुसार मार्सेल नाइजेरियाको लागोसबाट कतारको दोहा हुँदै कोकिन बोकेर काठमाडौं आएका थिए। मार्सेलले यो कोकिन बसमार्फत् भारतको नयाँ दिल्लीमा लैजान लागेको खुलेको अमात्यले बताए।
मार्सेलले निलो रङको सुटकेसमा फल्सबटम बनाएर यो कोकिन ल्याएका थिए। लामो यात्रा गर्दै नेपालसम्म आइपुगेका उनले यो कोकिन गन्तब्यमा पुर्याउनुअघि नेपाल प्रहरीको फन्दामा परेका हुन्।
प्रतिकृया दिनुहोस