चितवन । सञ्चारकर्मी सालिकराम पुडासैनीको प्रकरणमा मुछिएका रवि लामिछाने यतिबेला जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । अनुसन्धानको लागि फेरि पाँच दिनको म्याद थपेपछि प्रहरीबाट असुरक्षित महसुस भएको लामिछानेले बताएका छन् ।
रवि लामिछाने हिरासतमा केके गर्दै छन् ? भन्ने विषय सबैलाई कौतुहलता भएको छ । साउन ३० गतेदेखि रवि लामिछानेलाई पुडासैनी मृ त्यु पक्ररणलाई लिएर हिरासतमा राखिएको छ । प्रहरी हिरासतमा रहेका रवि कुनै बेला पढ्ने त कहिले खेल्ने काममा व्यस्त रहेका छन् । भेटघाट गर्नका लागि आउनेहरुसँग भेटघाटबाहेकको समयमा रवि हिरासतमै साहित्यिक पुस्तकहरु पढिरहेका छन् ।
रविले साया, समर लभलगायतका साहित्यिक पुस्तक पढ्नुका साथै अन्य थुनुवाहरुसँगै लुडो लगायतका भित्री खेलहरु खेलेर समय बिताइरहेका छन् ।
रविसँगै पक्राउ परेका युवराज कँडेललाई सुरुमा हिरासतभित्र छुट्टाछुट्टै कोठामा राखे पनि पछिल्लो समय उनीहरु दुबैलाई एउटै कोठामा राखिएको स्रोतले बताएको छ । चोरी, लागूऔषध, सवारी ज्यान मुद्दाका आरोपितसँग रवि भलाकुसारी गरेका छन् भने लुडो खेल खेलिरहेका छन् । खेलको अलवा किताबहरु पनि पढिरहेका छन् ।
प्रतिकृया दिनुहोस