• देश

    सोलुखुम्बु केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

      ओमकार



    काठमान्डौ | सोलुखुम्बु केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ ।

     

    बिहान ७ बजेर ७ मिनेट जाँदा सोलुखुम्बु केन्द्रविन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

     

    यो भूकम्प चार वर्षअघि गएको गोरखा भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ । बिहान गएको भूकम्पका कारण कुनै क्षति भएको खबर भने नआएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस