• विदेश

    न्युजिल्याण्डको संसदभित्रै सभामुखले सांसदकाे छाेरा बाेकेपछि…

      ओमकार



    टापु राष्ट्र न्युजिल्याण्डका सभामुख ट्रिभोर मल्लार्डले संसदभित्र एक सांसदका छोरा बोकेको फोटो भाइरल बनेको छ।संसदमा छलफल जारी रहँदा सभामुख ट्रिभोरले सांसद टमाटी कोफिको एक महिना अगाडि जन्मिएको छोरा बोकिदिएका थिए।

     

    उक्त तस्बिर सभामुख ट्रिभोर आफैंले ट्वीटरमा पोस्ट गरेपछि उक्त फोटो भाइरल बनेको हो।मानिसहरुले यतिबेला ट्रिभोरको प्रशंसा गरिरहेका छन्। सांसद कोफि र उनकी श्रीमती टुटनेकाइ स्मिथ कोफीले सरोगेसीमार्फत छोरा पाएका हुन्।

     

    पिता बनेपछि टमाटी कोफिले विदा लिएका थिए। उनी आज बुधबार संसदमा आफ्ना छोरासहित पुगेका थिए। त्यस क्रममा संसदमा छलफल हुँदा सभामुखले कोफिका छोराको हेरचाह गरेका हुन्। उक्त फोटोमा प्रतिक्रिया जनाउँदै मानिसहरुले संसदमा यो नौलो दृश्य भनिरहेका छन्।

    प्रतिकृया दिनुहोस