• देश

    भोली किन सार्वजनिक विदा ?

      ओमकार



    कैलाली – प्रदेश सरकारले भदौ भोली (भदौं ६ गते) सार्वजनिक विदा दिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने भएको हो ।

     

    आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । साथै मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामना दिएको छ ।

     

    गौरा पर्वका अवसरमा यही भदौ ६ गतेका दिन सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा गरिएको छ ।

    प्रतिकृया दिनुहोस