• देश

    काठमाडौंको एक होटलमा दुई जना युवा युवती मृत अवस्थामा फेला

      ओमकार


    काठमाण्डौ । काठमाडौंको एक होटलमा दुई जना युवा युवती मृत अवस्थामा फेला परेका छन् ।

     

    टोखा नगरपालिका–९ गोँगबु मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजको १११ नम्बर कोठामा मङ्गलबार राति होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षीया सविना तामाङ बजगाईं बुधबार दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।

     

    मङ्गलबार राति बस्न आएको दुवैजना बुधबार दिउँसोसम्म पनि नउठेपछि प्रहरीमा खबर आएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।

     

    दुवै व्यक्ति के कारणले मरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस