• फिचर

    १७ करोड बढी रकम हिनामिना गरेका बैंक प्रबन्धक पक्राउ

      ओमकार



    बुटवल । दाङ्गको प्रहरीले एक बर्ष अघि एक बैंकमा १७ करोड भन्दा बढि रकम हिनामिना गरेको आरोप लागेका बैंकका प्रवन्धकलाई पक्राउ गरेको छ ।

     

    साविकको वेष्टन डेभलभमेण्ट बैक र हालको देव विकास बैंकमा तत्कालिन बैंकको प्रबन्धक छँदा ३० बर्षिय समिर बुडाथोकीलाई १७ करोड ९९ सय लाख ९० हजार हिनामिना गरेको कशुरमा लमही बजारमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

     

    गत बर्षको बैशाख महिनामा निजले उक्त बैंक मर्ज हुनु अघि उक्त रकम आफ्नो खातामा ट्रान्सफर गरेको देखिन्छ, यहि भदौं २ गते बैकिङ्ग कसुर मुद्धा दर्ता गरेर उनलाई आज पक्राउ गरेकाे दाङ्गका प्रहरी प्रबक्ता डिएसपी विनोद विक्रम शाहले बताए ।

    प्रतिकृया दिनुहोस