• देश

    गौरादहमा पनि `रवि दाइ जिन्दावाद, भ्रष्ट सरकार चाहिदैन´ भन्दै घन्कियो नारा

      ओमकार



    काठमाडौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चर्चित पत्रकार रबि लामिछाने पक्राउ परेपछि उनको समर्थन र प्रक्राउबिरुद्ध विभिन्न स्थानहरुमा प्रर्दशन भईरहेका छन् ।

     

     

    रबि लामिछानेकै कारण चितवन निकै तातिरहेको बेला रबिका समर्थकहरुले गौरादहमा पनि प्रर्दशन गरेका छन् । गौरादह बजारबाट सुरु भएको प्रदर्शन डिपुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

     

     

    कोणसभामा बोल्दै लय बरालले अनुसन्धानको नाममा रबिलाई फसाउँन लागिएको कुरा बताए।
    एसपी मल्लले आफुहरुलाई प्राप्त भएको भिडियोमाथि अनुसन्धान गर्नुको साटो मिडियालाई दिएर गलत काम गरेको भन्दै महेन्द्र भट्टराईले उनको बर्खास्तीको माग गरे भने सहभागी मध्येका एक राजन खनालले पाखण्डी सरकार बिरुद नागरिक एकजुट हुनुपर्ने बताए।

     

    प्रहरीले पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा रबिसंगै अन्य २ जनालाई पनि प्रक्राउ गरेको थियो । जिल्ला अदालतले उनीहरुलाई थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न समेत अनुमति दिईसकेको छ ।

    प्रतिकृया दिनुहोस