• अर्थ

    बुधबार डलरको भाउ बढेर १ सय १५ रुपैयाँ पुग्याे

      ओमकार



    काठमाडौं । बुधबार डलरको भाउ बढेर १ सय १५ रुपैयाँ ३ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार बुधबार डलरको विक्री मूल्य १ सय १५ रुपैयाँ ३ पैसा रहेको छ । पछिल्लो १ महिनामा डलर ४ रुपैयाँ भन्दा बढीले बढेको छ ।

     

    अमेरिका र चीनबीच बढ्दै गएको व्यापार विवादका कारण बढ्दै गएको डलरको भाउमा पछिल्लो समय भारतका कारण पनि नेपालमा प्रभाव पारेको छ । भारतले जम्मुकस्मिरलाई केन्द्रीय सरकार अन्तर्गत ल्याए लगत्तै भारतीय अर्थतन्त्र कमजोर बन्दै गएको छ ।

     

    यसको कारण भारतिय मुद्रापनि कमजोर देखिएर डलर बलियो बनेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । किनभने नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमयदर रहेको छ । जसले गर्दा २ साता याता डलरको भाउ बढीरहेको छ ।

     

    नेपालमा डलरको भाउ बढदा अर्थतन्त्रमा अत्याधिक प्रभाव पर्ने अर्थविद्हरुको भनाई छ । नेपालमा वस्तु तथा सेवाको आयात बढी हुनेभएकाले डलरको भाउ बढ्दा बढी पैसा बाहिरिन्छ । यसले व्यपार घाटा बढाउँछ ।

     

    त्यस्तै सरकारले वैदेशिक ऋण भुक्तानी गर्दा समेत बढी रुपैयाँ तिर्नुपछ । अर्कोतर्फ नेपाली रुपैयाँको तुलनामा डलर महँगो बन्दै जाँदा रेमिट्यान्स बढ्ने सम्भावना हुन्छ । त्यस्तै पर्यटकहरुको खर्चगर्ने क्षमतामा वृद्धि हुन्छ । तर समग्रमा अधिकांश वस्तुको आयात गर्नुपर्ने भएकाले डलरको भाउमा वृद्धि हुँदा अर्थतन्त्रमा नकारात्मक असर पारेको हुन्छ ।

    प्रतिकृया दिनुहोस