• समाचार

    सरकारी कागजात र छाप किर्ते गर्ने पक्राउ

     


    विभिन्न सरकारी कार्यालयका महत्वपूर्ण कागजात र छाप नक्कली बनाउने दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपलिका–८ का विनोद बरुवाल र सोही स्थानका रेनु लामा रहेका छन् । उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हो ।

    सरकारी कार्यालयका महत्वपूर्ण कागजात तथा छाप दुरुपयोग भइरहेको भन्ने विशेष सूचनाका आधारमा महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई नागार्जुनबाट पक्राउ गरेको हो ।

    प्रहरीले उनीहरुको साथबाट विभिन्न व्यक्तिको नाममा जारी भएको १७ थान राहदानी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका कार्यालयको नामका ३९ थान छाप र ११ थान पेन ड्राईभ बरामद् गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस