• समाचार

    श्रीमती र छोरालाई जिउदै आगो लगाउने पक्राउ

     


    धादिङ-    आफ्नै श्रीमती २५ वर्षीया बिमला लम्साल र २ वर्षीय छोरालाई तारपिनको तेल छर्की आगो लगाएको अभियोगमा सिद्धलेख गाउँपालिका-१ धारापानी बस्ने जिवेश लम्साललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

    घरायसी झगडाको कारण जिवेशले श्रीमती र छोरालाई तारपिनको तेल छर्की आगो लगाएको अभियोगमा लम्साललाई प्रहरी चौकी नलाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घाइते दुवै जनाको  जिल्ला अस्पताल धादिङवेशीमा उपचार भइरहेको छ ।

    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीकाे केन्द्रीय समाचार कक्षले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस