• देश

    ओली फेरि सिंगापुर जादै

     


    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि फरी सिंगापुर जाने भएका छन् । यसअघि गत साउन १८ गते सिंगापुर गएर २७ गते फर्किएका ओली बिहीबार सिंगापुर जान लागेका हुन् ।

    प्रधानमन्त्रीको सचिवालयले ‘फलोअप’ का सिंगापुर जान लागेको जनाएको छ । यद्यपि, यसअघि ओली सिंगापुर जाने खबर विभिन्न सञ्चारमाध्यमहरुमार्फत् बाहिरिए पनि ओलीको सचिवालयले अस्वीकार गर्दै आएको थियो ।

    सिंगापुरको नेशलन युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका ओलीलाई अस्पतालले यसअघि नै केही समय बसेर औषधिको प्रभाव हेर्न आग्रह गरेको थियो। तर, प्रधानमन्त्रीको यसपालीको बसाईं कति लामो हुन्छ भन्ने एकिन भने भइसकेको छैन।प्रधानमन्त्री निकट स्रोतका अनुसार ओलीले फेरि आउने भन्दै आफूलाई नेपाल फर्किन दिन आग्रह गरेपछि अस्पताल सहमत भएको थियो । गत साउन २७ गते नेपाल आएका ओलीले राजनीतिक सक्रियता तीब्र पारेर नेकपाभित्र केही महत्वपूर्ण निर्णय गरेका छन्।

    प्रतिकृया दिनुहोस