• राजनीति

    बामदेवलाई किसान संघबाट हटाइयो, नयाँ अध्यक्ष हरि पराजुली

      ओमकार



    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीले लामो समयदेखि किसान महासंघको अध्यक्ष रहँदै आएका वामदेव गौतमलाई उक्त पदबाट हटाएको छ।  आइतबार बसेको सचिवालयको बैठकले शुक्रबारमात्रै पार्टीको उपाध्यक्ष र संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका वामदेवलाई किसान महासंघको अध्यक्षबाट हटाइएको हो।

     

    किसान महासंघको इन्चार्ज भने वामदेवलाई नै दिइएको छ।  वामदेवलाई किसान महासंघबाट हटाइएपछि त्यसको जिम्मेवारी पूर्वकृषिमन्त्री हरिप्रसाद पराजुलीलाई दिइएको छ। पराजुली तिनै हुन्, जसले २०७२ असार १५ गते काठमाडौंमा आयोजित धान दिवसमा मदिरा पिएर महिलाहरूलाई दुर्व्यवहार गरेका थिए।

     

    को हुन् पराजुली?

     

    हरि पराजुली नेकपाको राजनीतिमा लामो समयदेखि सक्रिय छन्। वामदेवका निकट सहयोगी उनी पार्टी राजनीतिमा बाँके जिल्ला कमिटी सचिवसम्म भएका थिए। पराजुली २०५४ सालमा एमाले फुट्दा वामदेवसँगै मालेतिर गएका थिए। वामदेव गौतम किसान महासंघको अध्यक्ष भएपछि बलराम बाँस्कोटा, डीबी कार्की, शारदा सुवेदी, धर्मदत्त देवकोटा र पराजुलीलाई पनि महासंघमा संगठित गरेका थिए। उनै पराजुली अहिले किसान महासंघको अध्यक्ष भएका छन्।

    प्रतिकृया दिनुहोस