न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उहाँका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले बिहीवार पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकारणमा पक्राउ गरेको थियो ।
शुक्रबार (हिजाे) चितवन जिल्ला अदालतले घटनाबारे अनुसन्धान गर्न बिहीवार(अस्ती) देखि लागुहुने गरी ५ दिनका लागि हिरासतमा राख्न आदेश जारी गरेको थियो ।
आत्महत्या दुरुत्साहन गरेको आरोपमा लामिछाने, टिभी जर्नालिस्ट युवराज कँडेललार्इ प्रहरीले न्युज ट्वान्टी फोको काठमाडौंको पानीपोखरीस्थित कार्यालयबाट नियन्त्रणमा लिएको थियो । त्यसैगरी प्रहरीले कलंकीबाट रितु कार्की समेतलाई पक्राउ गरी बिहीबार अबेर चितवन पुर्याएको थियो ।
प्रहरीले साउन २१ मा चितवनमा आत्महत्या गरेको अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीले रेकर्ड गरेकोको भिडियो लामिछाने, कँडेल र कार्कीको नाम भएको जनाउँदै आएको छ ।
बिहीवार साँझ कार्यक्रमको पूवसन्ध्यामा प्रहरीले उहाँको कार्यकक्षभित्र प्रवेश गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड मिचेर प्रहरीले पक्राउ गरेको भन्दै पत्रकार महासंघ शाखाहरुले आपत्ती जनाएका छन् ।
बिहीबार न्यूज २४ टेलिभिजनको कार्यालयमा ठुलो सङ्ख्यामा आएका प्रहरीहरूले सञ्चार गृहको सम्बन्धित अधिकारीहरूलाई कुनै पूर्व सूचना नदिई र बिना अनुमति अचानक कार्यकक्षमा प्रवेश गरेर पत्रकारहरूलाई पक्राउ गरेर लगेको थिए ।
प्रतिकृया दिनुहोस