• विदेश

    भारतले झारेको भूउपग्रहका अवशेषले ‘अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र’लाई क्षति पु-याउने खतरा : नासा

      ओमकार


     

    एजेन्सी । नासा प्रमुखले केही दिन अघि भारतले उसकै एक भूउपग्रहलाई खरालेको कार्यलाई ‘भयानक काम’ बताएका छन् । त्यसबाट भूपग्रह ४०० टुक्रा बनेको थियो । हाल ती अवशेषहरु अन्तरिक्ष परिपथमै उडिरहेका छन् ।

    नासाले ती अवशेषहरुले अन्तरिक्षमा रहेको ‘अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र’ र त्यहाँ रहने अन्तरिक्षयात्रीहरुलाई खतरा निम्त्याएको बताएको छ ।

    नासा प्रमुख जिम ब्रिडेनस्टीनले नासा कर्मचारीहरुलाई सम्बोधन गर्ने क्रममा यो कुरा बताएका हुन् । भारतले आफूलाई विश्वको प्रमुख अन्तरिक्ष शक्ति प्रमाणित गर्न तल्लो परिपथमा रहेको भू–उपग्रहलाई मिसाइल हानेर खसालेको थियो । त्यसको पाँच दिनपछि जिमले आफ्ना कर्मचारीहरुलाई सम्बोधन गरेका थिए ।

    अवशेषका सबै टुक्रा निगरानी गर्न सकिने गरि ठूलो नभएकाले खतरा बढेको ब्रिडेनस्टेलले बताए ।

    ‘अहिले हामीले जे निगरानी गरिरहेका छौं ति निगरानी गर्न सकिने खालका ठूला आकारका छन् । ती अवशेष १० सेन्टीमिटर(६ इन्च) अथवा त्योभन्दा ठूला छन् । हामीले त्यस्ता ६० टुक्राको मात्र पहिचान गरेका छौँ ।’

    नष्ट गरिएको भारतीय भू–उपग्रह जमिनबाट ३०० किमी दुरीमा तुलनात्मक न्यून उचाईमा थियो । त्यो उचाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रभन्दा तल हो ।

    तर ब्रिडेनस्टीनले २४ वटा टुक्राहरु उडेर ‘अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र’ भन्दा पुगेको बताए । “अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रभन्दा माथि उड्ने गरी अवशेष उत्पन्न गराउने घटना घटाउनु एकदमै भयङ्कर, भयंकर कुरा हो,” उनले भने ।

    “यस्ता कार्यले भविष्यमा हुने अन्तरिक्ष उडानलाई सघाउँदैन । यो अस्वीकार्य छ । यसले गर्ने असरबारे हामी छौँ,” टीमले बताए ।

    अमेरिकी सेनाले ‘अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र’ र भू–उपग्रहलाई खतरा पु¥याउन सक्ने अनियन्त्रीत उडिरहेका वस्तुहरुको निगरानी गर्ने गर्छ । उनीहरुले १० सेन्टीमिटरभन्दा ठूला २३ हजार वस्तुलाई अहिले निगरानी गरिरहेको छ ।

    यसमा १० हजार वटा त अन्तरिक्ष अवशेषनै छन् । यी मध्य ३ हजार त एउटै घटनाबाट उत्पन्न भएको थियो । सन् २००७ मा चिनियाँ प्रति–भूउपग्रह परिक्षणका क्रममा यी अवशेष उत्पन्न भएको थियो ।

    ब्रिडेनस्टीनका अनुसार भारतको परिक्षणले गर्दा ‘अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र’मा टक्करको खतरा आगामी १० वर्षका लागि ४४ प्रतिशतले बढेको छ । तर त्यसपछिका समयमा भने अवेशष पृथ्वीको गुरुत्वाकर्षणका कारण वायुमण्डलतर्फ तानिदाँ खतरा कम हुँदै जानेछ ।

    भारतको विदेश मन्त्रालयले भने कुनै अन्तरिक्ष अवेशष उत्पन्न नहोस् भन्नको लागि आफूहरुले तल्लो वायुमण्डलमा परिक्षण गरेको बताएका थियो ।

    “त्यो स्थानमा जति पनि अवशेष उत्पन्न हुन्छ ती हप्ता दिनभित्र पृथ्वीतर्फ तानिन्छन् र वायुमण्डलमा जलेर नष्ट हुन्छन्,” परिक्षणपछि जारी एक विज्ञप्तीमा भनिएको थियो ।

    भारतमा यस परिक्षणलाई उल्लासपूर्ण रुपले हेरिएको भएको थियो । तर चुनावको मुखमा प्रधानमन्त्री मोदीले आफ्नो सरकारको सफलता जसरी घोषणा गरेकाले आलोचना पनि भएको थियो ।

    युरोपेली स्पेस एजेन्सीका अनुसार हाल अन्तक्षिमा गुच्चाभन्दा ठूला ९ लाख अवशेषहरु अनियन्त्रीत उडिरहेका छन् । अन्तरिक्षमा सुक्ष्म वस्तुले ठक्कर दिँदा पनि त्यो निक्कै विध्वासात्मक हुने गर्छ ।

    यसको खतरा अन्तरिक्षमा वस्तुको गतिले गर्दा उत्पन्न हुन्छ । अन्तरिक्षमा वस्तुहरु न्यूनतम ७.८ किमी प्रति सकेण्डको गतिमा उडिरहेका हुन्छन्

    प्रतिकृया दिनुहोस