• फिचर

    बहुमूल्य ग्रन्थ भन्दै १४ लाख ठगी गर्ने पक्राउ

      ओमकार टाइम्स


    काठमाडौं । बौद्ध धर्मको प्राचीन पुरातात्विक बहुमूल्य ग्रन्थ भन्दै करिब १४ लाख ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरुमा नुवाकोटको शिवपुरी गाउँपालिका-१ घर भइ काठमाडौं माकलबारी बस्ने २० वर्षीय आशिष लामा तामाङ र भोजपुरको रामप्रसाद गाउँपालिका-७ घर भई काठमाडौं चाबहिल बस्ने ३० वर्षीय रजीन राई छन् ।

    उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (महानगरीय अपराध महाशाखा) ले आरुबारीबाट पक्राउ गरेको हो ।

    उनीहरुले पुरातात्विक महत्वको बहुमूल्य ग्रन्थ भन्दै झुक्याई ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले उदयपुर चौदण्डिगढी नगरपालिका-८ घर भई हाल काठमाडौं आरुबारी बस्ने हेमप्रकाश मगरलाई प्राचीन पुरातात्विक बौद्ध ग्रन्थको तीन करोड पचासी लाखमा बिक्रि गर्न लागेका थिए ।

    ३ करोड ८५ लाखमा बेच्ने भन्दै उनलाई प्रलोभनमा पारेर १३ लाख ७९ हजार रुपैयाँ ठगी गरेका थिए ।ठगीको उजुरी आएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको छ । उनीहरुबाट बौद्ध धर्मको ग्रन्थ बरामद भएको छ ।

    प्रतिकृया दिनुहोस