भारत– भारत र चीनको सेनाहरूबीच सीमामा झडप भएको छ । पूर्व लद्दाखको पैंगोंग ताल क्षेत्रमा दुई देशको सैनिकबीच २९-३० अगष्तको राती उनीहरूबीच झडप भएको हो ।
दुई देश बीचको सीमामा रहेको तनाव कम गर्न वार्ता भइरहेको बेला यो झडप भएको हो । यद्यपि झडपबाट कुनै क्षतिको विवरण आएको छैन ।
भारतीय रक्षा मन्त्रालयले पनि यस सम्बन्धमा विज्ञप्ति जारी गरेको छ । चीनका सैनिकहरूले भारतीय सैनिकहरूलाई उक्साएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘भारतीय सेना शान्ति कायम गर्न प्रतिवद्ध छ र वार्ता मार्फत समस्यालाई सुल्झाउन चाहन्छ तर सोही समयमा आफ्नो सिमाना रक्षा गर्न प्रतिबद्ध छ ।’
प्रतिकृया दिनुहोस