• समाचार

    व्यापक आलोचना भएपछि अन्ततः संघीय संसदको लोगो फिर्ता

      ओमकार टाईम्स


    काठमाडौं । संघीय संसद सचिवालयले हालै तयार गरिएको संघीय संसदको लोगोमा साजसज्जासम्बन्धी समस्या देखिएको भन्दै फिर्ता गरेको छ ।

     

    लोगोमा रहेको नेपालको नक्सा लगायतका विषय परिमार्जन गरी उपलव्ध गराउने प्रतिवद्धता घरेलु तथा साना उद्योग कार्यालय ललितपुरले जनाएपछि फिर्ता गरिएको सचिवालयले जनाएको छ ।

     

    संघीय संसद्का दुवै सदनका सदस्यहरूका लागि भन्दै ३ सय ५० लोगोहरू निर्माण गरिएका थिए । तर नयाँ लोगो भद्दा र नेपालको नक्सा नै गलत छापिएपछि सांसदहरूले नै आपत्ति जनाएका थिए ।

    उक्त लोगो वागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको थियो ।

     

    फिर्ता पठाएइएका प्रत्येक लोगोमा २ लाल सुन लागेको संसद् सचिवालयले जनाएको छ । लोगोमा ८७ ग्राम सुन प्रयोग भएको जनाइएको छ ।

     

    प्रतिलोगो ५ हजार ५ सय २७ रुपैयाँ खर्च लागेको थियो ।

     

    प्रतिकृया दिनुहोस