• समाचार

    राष्ट्रकवि घिमिरेको निधनप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त

      ओमकार टाईम्स


    काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    उनले आज विहान विज्ञप्ति जारी गर्दै निरन्तर साधनारत उत्कृष्ट साहित्यिक व्यक्तित्व राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

    उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशभक्ति र प्रकृति प्रेममा आधारित उहाँका अनेकौं काब्य कृति सदापठनीय र मननीय छन् । उहाँको निधनले नेपाली वाङमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।’

    पूर्वराजा शाहले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

    राष्ट्रकवि घिमिरेको मंगलबार लैनचौरस्थित निवासमा निधन भएको हो ।

    प्रतिकृया दिनुहोस