• देश

    सीसीएमसीको बैठक बस्दै, कोरोना भाइरस नियन्त्रण गर्न रणनीति बनाउने तयारी

      ओमकार टाईम्स


    काठमाडौं, २ भदौ । कोभिड-१९ संकट व्यस्थापन केन्द्र सीसीएमसीको बैठक आज बस्दैछ । कोरोना भाइरसको संक्रमण बढेसँगै आगामी रणनीतिबारे छलफल गर्न सीसीएमसीको बैठक बस्न लागेको हो ।

    सिंहदरबारमा साँझ ५ बजे बस्ने बैठकले संक्रमण देखिएको ठाउँमा लकडाउन, सिल गर्नका लागि योजना बनाउनेबारे छलफल हुने बताइएको छ । सरकारले एकमुष्ट रूपमा लकडाउन नगरे पनि स्थानीय तह र जिल्ला प्रशासनहरूले आवश्यकताका आधारमा निषेधाज्ञा र लकडाउन गरिरहेका छन् ।

    यसअघि हिजो बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रणका लागि रणनीति बनाउन सीसीएमसीलाई निर्देशन दिनुभएको थियो । बुधबारसम्म रणनीति पेश गर्न दिइएको निर्देशन अनुसार नै आज सीसीएमसीको बैठक बस्न लागेको बताइउको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रिपरिषद्का अधिकांश सदस्यले देशभर दुई साता कडा लकडाउन गर्न माग गरेका थिए ।
    तर लकडाउनले अर्थतन्त्रमा पारेको असरलाई ध्यान दिदै स्थानीय तहलाई नै लकडाउन या निषेधाज्ञा जारी गर्ने अधिकार सरकारले प्रत्यायोजित गरिसकेको छ ।

    यता काठमाडौं उपत्यकामा बढ्दो संक्रमणलाई ध्यान दिएर उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले भदौ १५ गतेसम्मका लागि निषेध जारी गरेपनि थप कडाई गर्न आवश्यक भएको निष्कर्ष निकालिसकेका छन् ।

    प्रतिकृया दिनुहोस