• समाचार

    प्रधानमन्त्री भेट्न वालुवाटार पुगे कांग्रेस सभापति देउवा

      ओमकार टाईम्स


    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

    नेकपा सचिवालय बैठक सकिएलगत्तै सभापति देउवा बालुवाटार पुगेका हुन् । नेकपा अध्यक्ष ‘प्रचण्ड’ पनि छलफ‌लमा सहभागी छन् ।

    स्रोतका अनुसार सभापति देउवालाइ प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक बस्नका लागि हिजो खबर गरेको सभापति देउवाको सचिवालयले जनाएको छ । संवैधानिक आयोगहरूमा नियुक्ति र रिक्त रहेका विभिन्न विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तीसँगै कांग्रेसको भातृ संगठनले गरेको तालाबन्दी लगाएतका विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले बतायो ।

    बैठक बिहान साढे ११ बजेबाट शुरू भएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस