दमक। दमक हस्पिटल एण्ड रिसर्च सेन्टरका ८ जनाकै पीसीआर परिक्षणको रिपोर्ट नगेटिभ आएको हस्पिटल श्रोतले बताएको छ । कोरोना संक्रमित एक सशस्त्र प्रहरी हस्पिटलमा गएको खुलासा भएसँगै कोरोना संक्रमण फैलन सक्ने भन्दै हस्पिटलले सम्पूर्ण सेवा बन्द गरेको थियो ।
हस्पिटलकातर्फबाट पठाइएका सबै जनाको कोरोना परीक्षणको रिपोर्ट नेगटिभए आएसँगै इमर्जेन्सि सेवा खुला गरेको हस्पिटलका कार्यकारी निर्देशक तेजराज घिमिरेले जानकारी दिनुभयो ।
हस्पिटलमा संक्रमित आएको खुलेपछि हस्पिटलका कर्मचारीहरुमा त्रास बढेको थियो । रिपोट नेगेटिभ आएपछि एक कर्मचारीले भनिन् अब ढुक्क भइयो । चिन्ता लागेको थियो, पोजेटिभ आयो भने कहाँ लाग्छन भन्ने थियो, अहिले खुसी लागेको छ ।
केहि दिन अघि दमकमा समुदायमा कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि लकडाउन गरिएको छ । अहिले सम्म दमकका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।सवाल नेपालबाट साभार
प्रतिकृया दिनुहोस