• राजनीति

    नौ दिनपछि भएको ओली – दाहाल वार्ता सकारात्मक

      ओमकार टाईम्स


    काठमाडौँ – नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नौ दिनपछि भएको वार्ता सकारात्मक भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच झण्डै ४ घण्टा भएको वार्ता सकारात्मक भएपनि अझै ठोस सहमति ननिस्किएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

    प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पौने ११ बजेबाट सुरु भएको वार्ता पौने दुई बजे सकिएको थियो। बिहीबारको वार्तामा महाधिवशेन आयोजक कमिटी गठन गर्ने र अहिलेको केन्द्रीय कमिटी भंग गर्ने लगायका विषयमा छलफल भएको ओली निकट स्रोतले जनाएको छ ।

    महामारीका बेला पार्टीभित्र देखिएको खिचातानीले जनमानसमा गलत सन्देश गएको र पार्टी जीवनलाई नै क्षति पुर्‍याउने काम भएकाले समझदारीका साथ अघि बढ्न दुई अध्यक्ष एकमत भएको ओली निकट स्रोतले बताएको छ ।

    असार १० देखि सुरू भएको स्थायी कमिटी बैठक निचोड नपुग्दै बीचबाट भाँडिएपछि नेकपाभित्र गतिरोध उत्पन्न भएको छ ।

    ओलीले दुई मध्ये एक पद छाड्नुपर्ने र दुबै पद नछाड्ने ओलीको अडानले नेकपाको विवाद पार्टी फुटको अवस्थासम्म पुगेको विश्लेषण भएका छन् । तर, तत्कालै दुबै पद छाड्नुभन्दा अर्ली महाधिवेशन गर्नु उपयुक्त हुने ठानेका ओलीले पछिल्ला छलफलमा नेकपा विवादलाई महाधिवेशनतिर केन्द्रित गराएका छन् ।

    प्रतिकृया दिनुहोस