• समाचार

    उपकुलपतिको कार्यालयमा तोडफोड गर्ने नेविसंघ कार्यकर्ता पक्राउ

      ओमकार टाईम्स


    काठमाडौंः त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले नेविसंघका ८जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

    स्थगित परीक्षा सञ्चालन गर्नुपर्ने लगायत आफूहरूका मागमा त्रिवि पदाधिकारीले वार्ता नगरेको तथा आफ्ना कार्यकर्ताविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको भन्दै नेविसंघ कार्यकर्ताले उपकुलपतिको कार्यकक्षमा मंगलवार दिउँसो तोडफोड गरेका हुन् ।

    तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए । पक्राउ पर्नेमा नेविसंघका कार्यकर्ता सम्झना खत्री, सञ्जय चौधरी रामबहादुर थामी लगायत छन् । तोडफोडका कारण उपकुलपतिको कार्यालयको झ्यालका शिशा फुटेको छ ।

    प्रतिकृया दिनुहोस