• समाचार

    वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

      ओमकार टाईम्स


    धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा भोलि देखि अर्को सूचना जारी नहुन्जेल सम्म बन्द हुने भएको छ ।

     

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज एक सूचना जारी गरी कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको कारण स्थानीय सरकारले समेत ७ दिन पूर्वरूपमा बन्द गरेको अवस्था र प्रतिष्ठान परिसर भित्र समेत कोरोना सङ्क्रमण देखिएकोले सङ्क्रमण लाई फैलन नदिन र रोकथाम तथा नियन्त्रणको लागि प्रतिष्ठानको ओपिडी सेवा साउन २८ गते देखि अर्को सूचना नहुन्जेलसम्म पूर्वरूपमा बन्द रहने जनाएको छ ।

     

    कोरोना संक्रमण फैलिरहेका कारण स्थानीय सरकारले समेत ७ दिन पूर्ण रुपमा बन्द गरेको तथा प्रतिष्ठान परिसर भित्र पनि कोरोना संक्रमण देखिएकाले बाध्य भएर सो निर्णय गर्नुपरेको सहायक निर्देशक डा विकाश साहले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस