• समाचार

    गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्त सार्वजनिक

      ओमकार टाईम्स


    काठमाडौं : काठमाडौंको गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई प्रहरीले मंगलबार बिहान सार्वजनिक गरेको छ ।

    आइतबार टोखा नगरपालिका वडा नम्बर १० स्थित गोंगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

    सो आरोपमा प्रहरीले कल्पना मसडभरी (पौडेल)लाई चितवनबाट पक्राउ गरेको जनाएको छ ।

    दाङका कृष्णबहादुर बोहोराको हत्या गरिएको कोठामा डेरा गरी बस्ने कल्पना र उनकी १५ वर्षीया छोरीलाई चितवनबाट पक्राउ गरेको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ । उनकी छोरी हत्यापछि शव व्यवस्थापनमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

    हत्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी छन् ।

    प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो ।

    हत्यापछि उनी एम्बुलेन्समार्फत चितवन पुगेकी कल्पनाको वयानका आधारमा प्रहरीले उनीहरुले नै हत्या गरेको निष्कर्षमा पुगेको हो । प्रहरीले हत्यामा थप व्यक्तिको संलग्नताको आशंका गरेपनि कल्पनाले अन्यको संलग्नता नरहेको वयान दिएकी छन् ।

    काटिसकेपछि जिउ सुटकेसमा तथा खुुट्टा र टाउको जेब्रा झोलामा राखेर छुुट्टा छुुट्टै स्थानमा फालिएको थियो। शव मिल्काउन छोरीको सहयोग लिएको कल्पनाले बताएकी छन् । हत्यामा प्रयोग भएका दुुईवटा खुुकुरी र हम्मर प्रहरीले फेला पारिसकेको छ ।

    गएको आइतबार बिहान बोहोराको शव सडकमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर टाउको र खुुट्टा भने ३ सय मिटर टाढा खालि जग्गाको कुुनामा फेला परेको थियो ।

    प्रतिकृया दिनुहोस